इलाममा दुई करोडको आधुनिक कृषि बजार बन्दै

  आवाज संवाददाता


इलाम।इलाम नगरपालिका वडा नं. ७ स्थित सिंहवाहिन खोस्लीमा निर्माण हुन लागेको कृषि बजार पूर्वाधार निर्माण ( सब्जी तथा तथा पशुबजारको सोमबार भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री राम रानाले शिलान्यास गरेका छन् ।

इलाम नगरपालिकाले निर्माण गर्न लागेको सो भवन एक करोड ९९ लाख रुपैयाँको लागतमा निर्माण हुने जनाइएको छ । फलामको ट्रष्ट प्रयोग गरेर बनाइने भवनको छाना टीनको लगाइने र एक तलामा सब्जी तथा अर्को तलामा पशुहाट लगाइने नगरपालिकाले जनाएको छ । इलाम नगरपालिकाले कृषिलाई व्यावसायिकरण गर्दै लैजाने याजना अनुसार कृषिलाई प्राथमिकता दिएको नगरप्रमुख महेश बस्नेतले बताए ।
स्वास्थ्यका दृष्टिकोणले पनि व्यवस्थित बजारको रुपमा भवन निर्माण गरिने नगरप्रमुख बस्नेतले बताए ।

नगरप्रमुख महेश बस्नेतको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रममा मन्त्री राम राना, सूर्योदय नगरपालिकाकी उपप्रमुख दुर्गा भट्टराई र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जबेगूले शुभकामना मन्तब्य राखेका थिए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कालीबहादुर भूजेलले स्वागत मन्तब्य गरेको कार्यक्रममा वडाध्यक्ष तथा स्थानीयबासीहरुको उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार