चीनले दिएकाे काेराेना विरुद्धकाे खाेप आइपुग्याे

  आवाज संवाददाता

इलाम।चीनले नेपाललाई सहयोग स्वरुप दिएको कोरोना भाइरसविरुद्धको खोप काठमाडौं आइपुगेको छ। चीन सरकारले नेपाललाई ८ लाख डोज खोप उपलब्ध गराएको हो।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले खोप त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेर स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेकी छन्।

उक्त खोप लिन नेपाल एअरलाइन्यको वाइडबडी ३३० आइतवार दिउँसो बेइजिङतर्फ उडेको थियो। उक्त विमान खोप लिएर आज बिहान पौने ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

चीनले नेपालका लागि उपलब्ध गराएको भ्याक्सिन सार्स कोभ–२ भ्याक्सिन (भेरो सेल) हो। यो खोप पनि कोभिसिल्ड जस्तै दुई पटक लगाउनुपर्छ।

२ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न सकिने भेरो सेल चीनको सिनोभ्याक बायोटेक लिमिटेडले उत्पादन गरेको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार