सुदूरपश्चिममा २९ नमुना परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि

काेराेना जाेखिम

HEALTH-CORONAVIRUS/OXFORD-VACCINE

सुदूरपश्चिममा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।‌

२९ नमुना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले जानकारी दिए।हाल सेती प्रादेशिक अस्पतालमा चारजना संक्रमित उपचार भइरहेको छ। संक्रमितमध्ये दुईजनाको आइसोलेसन र दुईजनाको आइसियुमा राखेर उपचार भइरहेको श्रेष्ठले बताए।  (साभार ः थाहाखबरबाट)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार