इलाम । चिया सहकारीहरुको छाता संगठन केन्द्रीय चिया सहकारी संघ लि प्राविधिक जनशक्तिको अभावलाई पूरा गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले तयार गरेको पाठ्यक्रममा आधारित भई चिया प्राविधिक सहायक तह १ को तालिम थालेको छ ।
युरोपियन युनियनको आर्थिक सहयोग, ब्रिटिश काउन्सिल व्यवस्थापन तथा दक्षता टिभिइटी व्यावहारिक साझेदारीको सहयोगमा गुणस्तरिय चिया उत्पादनको लागि सीप विकास परियोजनाअन्र्तगत ४३० घण्टे प्राविधिक पहिलो चरणमा २९ महिला सहित १०० जना चिया किसान, चिया कामदारले इलामको नेपालटार, जसबिरे, नयाँबजार, फिक्कल तथा कन्याममा तालिम लिइरहेका छन् ।
यसै क्रममा संघले तालिमको प्रभावकारिता सिकाइ तथा अनुगमनकालागि स्थानीय सरकार, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, शिक्षालय रत्नकुमार वान्तावा पोलिटेक्निक इन्ष्टिच्युट साँखेजुङ तथा सञ्चालक समितिहरुको सहभागितामा अनुगमन भ्रमण कार्य सम्पन्न गरको छ ।
अनुगमनको क्रममा चिया तालिमका सहभागीहरुले तालिम निकै प्रभावकारी तथा प्राविधिक ज्ञानको अभावलाई परिपूर्ति गर्न सहयोगी भएको बताएका छन् । जस्वीरे केन्द्रका तालिमका सहभागी विबेक राईले तालिमले चियालाई हेर्ने तरिका परिवर्तन भएको तथायसको महत्व बढेको बताए । चिया खेतीदिगो र अर्को पुस्तामा हस्तान्तरण गर्न सकिने भएकोले यसको दिगोपनको लागि अर्गानिक प्रविधिलाई अवलम्बन गर्नु पर्ने कुरामा तालिमका सहभागीहरुले जोड दिएको छ ।
तालिम अनुगमनको क्रममामाइजोगमाई गाँउपालिकाका अध्यक्ष जीतबहादुर राइले चिया इलामको तथा राष्ट्रकै आय स्रोतको रुपमा रहेकोले स्थानीय प्रदेश सरकारले चिया क्षेत्रमालागेका किसानहरुलाई प्रोत्साहन गर्न विभिन्न योजनाहरु बनाउने कुरामाप्रतिबद्धता व्यक्त गरे ।
अनुगमनको क्रममा केन्द्रीयचिया सहकारी संघ लि. का महासचिव तथा परियोजनाकाटोलि प्रमुख रविन राइले तालिम सहभागीहरुको सीप परिक्षण गरी राष्ट्रिय मान्यताप्राप्त प्रमाणपत्र प्रदान गर्ने कार्य अघि बढेको कुरा बताए । चियाको प्रशोधन तथा वजारीकरणमाआधारित भई तह २ को पाठ्यक्रम निर्माणकालागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सँग बैठक बसी प्रक्रियाअघि बढाइसकेको कुरा सहभागीहरुलाई बताए ।