जीप दुर्घटनाबाट एककाे मृत्य, घाइते

  आवाज संवाददाता

पाँचथर। पाँचथर याङबरक गाउँपालिका-३ ओयाम यलम्बर चौक स्थितमा भएको जिप दुर्घटनाबाट चालक फिदिम नगरपालिका २ पल्लोटार वस्ने ३६ बर्षीय फुल कुमार राईको मृत्यु भएको छ ।

बिहान ६ बजे फिदिमबाट च्याङथापु तर्फ जादै गरेको मे १ ज ३५६ नम्बरको जिप रोडबाट अन्दाजी २०० मिटर तल झरि दुर्घटना हुँदा गम्भिर घाईते भएका फुल कुमारको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा पौने १० बजे मृत्यु भएको छ भने सोही गाडीमा सवार सोही स्थानका २२ बर्षीय आषिस राईको बीएण्डसी अस्पताल बिर्मामोडमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार