कोरोना खोपको निर्यातमा रोक लगाइएको छैनः भारत

  आवाज संवाददाता

HEALTH-CORONAVIRUS/OXFORD-VACCINE

भारतले कोरोना खोपको निर्यातमा रोक नलगाए पनि आन्तरिक मागलाई प्राथमिकतामा राखिएको जनाएको छ । भारतको विदेश मन्त्रालयद्वारा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अरिन्दम बाग्छीले नेपालले पाउनुपर्ने खोपको आपूर्तिमा भइरहेको ढिलाईका सम्बन्धमा खोप निर्यातमा रोक नलगाइएको जनाएका हुन् ।

    ‘भारतले निर्यातमा कुनै रोक लगाएको छैन’, उनले भने, ‘हामीले आन्तरिक मागलाई ध्यानमा राख्दै निर्यात गर्ने हो ।’ उनले खोप प्राथमिक रुपमा आन्तरिक खपतका लागि भएको समेत उल्लेख गरेका छन् । भारतको सेरम इन्स्टिट्युटले अग्रिम भुक्तानी पाइसके पनि १० लाख डोज खोप अझै पठाएको छैन ।

     सेरमले पछिल्लो पटक २० चैतसम्म १० लाख डोज खोप दिने प्रतिबद्धता जनाएको थियो । स्वास्थ्य मन्त्रालयका अधिकारीहरुका अनुसार कम्पनीले शुक्रबार साँझसम्म पनि खोप पठाउने सम्बन्धमा केही खबर गरेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार