अचार तालिम सुरु

  आवाज संवाददाता

इलाम । इलाम सदरमुकाममा अचार बनाउने दुई दिवशीय तालिम आजबाट शुरु भएको छ । वडा स्तरीय महिला समन्वय समिति इलाम नगरपालिका वडा नम्बर ६ को आयोजना र इलाम नगरपालिका वडा नम्बर ६ को कार्यालयको आर्थिक सहयोगमा आजबाट शुरु भएको हो । तालिमको सहजीकरण उद्यमी कमला बास्कोटाले गदछन् ।

कार्यक्रमको समितिको अध्यक्ष तारा भट्टराईको अध्यक्षतामा र इलाम नगरपालिकाको प्रमुख महेश बस्नेतको प्रमुख आतिथ्यतामा भएको हो । कार्य वडा अध्यक्ष माधवप्रसाद भट्टराई, कार्यपालिका सदस्य सानू दास, वडा सदस्य धनबहादुर श्रेष्ठ, मदन श्रेष्ठ (दुर्गा) र नगर महिला समन्वय समितिको अध्यक्ष गायत्री थेगिमले शुभकामना मन्तव्य राखे ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार