झापाको बिर्तामोडस्थित गाउँले होटलका सञ्चालक तिलक निरौला चारआली जंगलमा मृत फेला परेका छन् । विर्तामोड ५ का निरौलाको शव जंगलमा फेला परेको प्रहरीले जनाएको छ ।
मोटरसाइकलसहित बेपत्ता भएका निरौलाको शव पूर्व–पश्चिम राजमार्ग छेउ चारआली जंगलमा फेला परेको प्रहरीले जनाएको छ । उनी मे ९ प २२०९ नम्बरको मोटरसाइकलसहित वेपत्ता भएको जनाइएको छ ।
उनको हत्या भए नभएको बारेमा अनुसन्धान गर्न प्रहरी टोली घटनास्थलमा रहेको प्रहरीले जनाएको छ ।