पत्रकार महासंघ इलाममा ४१ को उम्मेद्वारी

  आवाज सम्वाददाता

इलाम। नेपाल पत्रकार महासंघ इलाम शाखाको चैत २५ गते हुने निर्वाचनका लागि आतबार ४१ जनाको उम्मेद्वारी दर्ता भएको छ ।
पदाधिकारीसहित १८ जनाको जिल्ला कार्यसमितिका लागि २१ जनाको मनोनयन दर्ता गरेको छ । अध्यक्ष, महिला उपाध्यक्ष र खुल्ला सहसचिवमा दोहोरो उम्मेद्वारी परेको छ । अध्यक्ष पदमा प्रेस युनियन, प्रेस चौतारी र प्रेस मञ्च नेपालको संयुक्त प्यानलको तर्फबाट विप्लव भट्टराई तथा प्रेस सेन्टरको तर्फबाट सुजन तिम्सिनाले मनोनयन दर्ता गराएका छन् । यसरीनै महिला उपाध्यक्षमा प्यानलको तर्फबाट सुनिता राई र प्रेस सेन्टरको तर्फबाट बुद्धमाया सोङ्गमीले उम्मेरद्वारी दिएका छन् । यसरीनै खुल्ला सहसचिवका लागि प्यानलको तर्फबाट प्रेम अधिकारी र संगठनको तर्फबाट राजेश पराजुलीले उम्मेरद्वारी दिएका छन् ।
प्रदेश परिषद सदस्यका लागि १२ जना निर्वाचित हुनेमा १५ जनाको उम्मेद्वारी परेको छ ।
अन्य सबै पदमा सर्वसम्मत हुने देखिन्छ । सोमबार १२ बजेसम्म दाबी विरोध र ४ बजे उम्मेदारी फिर्ताका समय रहेको निर्वाचन समितिले जनाएको छ । अन्तिम नामावली सोमबार ६ बजे प्रकाशन गरिने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार