जेब्रामा गाँजा बाेक्ने एक पक्राउ

  आवाज संवाददाता

उर्लाबारी। उर्लाबारी-३ थापा चौक स्थितमा  बस्ने ३८ बर्षीय प्रेम धिमाल लागुऔषध गाँजा सहित पक्राउ परेका छन ।
उनलाई हिजाे दिउसो २ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले ४ केजी भन्दा बढि गाँजा सहित पक्राउ गरेको हो ।
धिमालले घरमा गाँजा लुकाई राखेको भन्ने बिशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा खाटमुनी जेब्रा झोलामा लुकाई राखेको १/१ के.जी.को ४ पोका र खुल्ला अबस्थामा रहेको ८०० ग्राम  गाँजा फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । उनि उपर थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार