सवारी दुर्घटनामा नक्कली चालक उपस्थित गराउने पक्राउ

  आवाज संवाददाता

सवारी दुर्घटनामा नक्कली चालक उपस्थित गराई सक्कली चालक भगाउने  संघका दुईजनालाई पक्राउ गरिएको छ ।  पक्राउ पर्नेमा बिराटनगर-१२ का जीवन खनाल र सोही स्थानका ३३ बर्षीय नेत्र प्रसाद पाठक रहेका छन् । पक्राउ परेका यी दुबै जना कोशी यातायात प्रा.ली. इटहरीका संचाक समितिका सदस्य रहेको खुल्न आएको छ ।

     यही चैत्र १२ गते सुनसरी कोशी-८ तिनकुने राजमार्गमा ना ४ ख ५२९१ नम्बरको बसले मे ६ प ८००० नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकल चालक इलाम ८ तिल्केनीका मेखबहादुर राई सख्त घाइते भएकोमा उनको बिराट नर्सिङहोममा चैत्र १३ गते उपचारको क्रममा मृत्यु भएको थियो ।

      दुर्घटना पश्चाततत्काल चालक फरार रहेकोमा जिल्ला प्रहरी कार्यालय सुनसरीले उनको खोजी गरिरहेकोमा कोशी यातायात प्रा.ली. इटहरीका संचालक समितिका सदस्यद्धय जीवन र नेत्र प्रसादले सिरहा लाहान- ८ घर भई बिराटनगर बस्दै आएका अमितकुमार गुप्तालाई बसको चालक भनि उपस्थित गराएका थिए ।

      यता जिल्ला प्रहरी कार्यालय सुनसरीबाट उनीमाथि अनुसन्धान गर्ने क्रममा गुप्ताले आफू दुर्घटना भएको बसको चालक नभएको र मलाई ५० हजार रुपैया दिने र सम्मानित अदालतबाट छुटकारा समेत दिलाई दिने भनि आर्थिक प्रलोभनमा पारी उपस्थित गराएको जानकारी गराएसंगै घटनाको यथार्त पर्दाफास भएको हो । यसरी झुक्यानमा पारी नक्कली चालक उपस्थित गराएको पाईएपछी यातायात प्रा.ली.का संचालक समितिका सदस्यद्धय जीवन र नेत्र प्रसादलाई पक्राउ गरी सार्बजनिक गरिएको हो ।

     पीडित पक्षलाई क्रियाखर्च क्षतिपूर्ति दिलाउनु पर्ने संस्थाको जिम्मेबार कर्मचारी तथा बसका संचालक राजु थापा दायित्वबाट विमुख भई घटनालाई ढाकछोप गरि बास्तबिक चालकलाई जोगाउन खोजेको हुँदा संघका प्रतिनिधीहरु र नक्कली चालक उपर समेतलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार उनिहरु उपर कानुनी कारबाही प्रकृया अगाडी बढाईऐको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार