नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित ५ जना मन्त्रीलाई कारवाहीको तयारी गरेको छ । माओवादी केन्द्र उच्च स्रोतका अनुसार गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, उर्जा जलश्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु साह र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीलाई कारवाही गर्ने अन्तिम तयारी गरेको हो ।
पाँचै जना मन्त्रीहरुलाई यसअघि पार्टी स्पष्टिकरण सोधेको थियो । तर, उनीहरुले त्यसको जवाफ पठाएका थिएनन् । ‘पाँचै जनालाई सांसद पद र पार्टी सदस्य नरहने गरी कारवाहीको पत्र तयार भइसकेको छ । त्यो पत्र उनीहरुलाई बुझाउन मात्रै बाँकी छ । सम्भवतः आजै उनीहरुलाई पठाइन्छ’, स्रोतले भन्यो ।