आर्थिक अभावका कारण उपचारमा समस्या

घाँस काट्ने क्रममा खर्सुको रुखबाट लडेर गम्भिर घाइते भएका इलाम नगरपालिका ३ पुवामझुवाका दिपक सुनुवारको थप उपचारमा समस्या भएको छ ।
सुनुवारको झापास्थित वि एण्ड सी टिचिङ्ग अस्पतालको आइसीयुमा उपचार गराईरहेको उनलाई आर्थिक अभाव भएपछि उपचारमा समस्या भएको हो । परिवारका अनुसार रुखबाट लडेर उनको मेरुदण्ड भाँचिएको छ, नसा छिनिएकाले दुवै खुट्टा चल्दैनन् र टाउकोमा समेत गम्भिर असर परेको छ । भाँचिएको उनको मेरुदण्डको अप्रेसन सफल भएको छ ।
यो समयसम्ममा तीन लाख रुपैयाँ सकिएको दिदी सजिना सुनुवारले जानकारी दिइन् । उनी भन्छिन्, ‘यो सबै उपचार खर्च तीन रुपैयाँ व्याजमा ऋण खोजिएको रकम हो । अस्पतालले अझै कति रकम लाग्छ भन्ने थाहा छैन, तर थोरै खर्चले उपचार सम्भव छैन भनेको छ, उनले अस्पतालले दिएको जानकारी सुनाइन् । यसका लागि अब हामीलाई ऋण पत्ताइदिने र ऋणमा सहयोग गर्ने गाउँमा कोहि पनि छैनन् । भएका सबैबाट अलिअलि रकम सापटी लिइसकेका छौँ ।

      सहयोगी मन भएकाबाट सहयोग रकम प्राप्त हुन नसके भाईलाई आर्थिक अभावका कारण अस्पतालबाट निकाल्नै गाह्रो हुने दिदी सजिना बताउछिन् । उनका अनुसार, अप्रेसनपछि हाल भाईको होस आएको र सामान्य बोल्न सक्ने भएको छ । उनले दुखेसो पोख्दै भनिन्, भाईको विवाह आगामी वैशाख ७ गते हुने भएको थियो । सबै काम सकिएका थिए । तर अचानक लडेर भाई अपांग हुनु पर्ने बाध्यात्मक परिस्थिति सिर्जना भयो । अब सबैलाई सकेको सहयोग गरिदिन अनुरोध गर्छु । सहयोगका लागि बैंकको खाता नम्बर सजिना मुखिया ०१२१००५०२२६०१६ सनराइज बैंक लिमिटेड शाखा इलाम  । दिपक गएको चैत्र २२ गते रुखबाट लडेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार