महिला जागरण संघको साधारण सभामा कर्मचारी सम्मानित

  आवाज संवाददाता

महिला जागरण संघ इलामको २० औं बार्षिक साधारण सभा तथा आठौं अधिवेशन सदरमुकाममा सम्पन्न भएको छ । इलाममा विगत लामो समयदेखि सामाजिक क्षेत्रका साथै महिलाको हक अधिकार लगायतका विभिन्न क्षेत्रमा यस संस्थाले काम गर्दै आएको छ ।
२८ बर्ष पूरा गरेको यस संस्थाले विगत १२÷१३ बर्षअघिबाट तत्कालीन गोदक गाविसको राजदूवालीमा माईभगवती वृद्धाश्रम सञ्चालन गर्दै आएको छ ।

 साधारण सभा तथा अधिवेशनको उद्घाटन सत्रमा संघकी अध्यक्ष एवं माईभगवती वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष बिष्णु दाहालले संस्थाको बारेमा बिस्तृत जानकारी गराउँदै बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । संघबाटै सञ्चालन भइरहेको वृद्धाश्रम सञ्चालनमा हालसम्म भए गरेका काम कारबाहीको बारेमा पनि प्रतिवेदनमार्फत अध्यक्ष दाहालले प्रस्तुत गरेका थिए । यस्तै, संघको आर्थिक प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो । यस्तै, एकै कार्यक्रममा माईभगवती वृद्धाश्रमको १२ औं साधारण सभा समेत भएको छ । सभाका आश्रम सञ्चालक समितिका कोषाध्यक्ष कोमल निरौलाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उत्कृष्ठ कर्मचारी सम्मानित
यता, संस्थाले वृद्धाश्रम सञ्चालनमा विभिन्न क्षेत्रबाट सहयोग गर्ने दाता तथा संस्थाका उत्कृष्ट कर्मचारीलाई समेत सम्मान गरेको छ ।
वृद्धाश्रमलाई विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने दाताहरू विजय खाकी, टिका गुरागार्इं, हरि सुवेदी, प्रवासी इलामेली संघ मलेसिया, अनिश कार्की, मन्टेश्वरी बोडिङ स्कुल, फणिन्द्र कार्की, युवराज श्रेष्ठ, गोपाल भट्टराई र विमल ढुंगानालाई दोसल्ला ओढाएर सम्मान गरेको हो । उनीहरूलाई संस्थाकी अध्यक्ष बिष्णु दाहाल, तोयानाथ भट्टराई, हिमालय कर्मचार्यले सम्मान गरे ।

     तीन कर्मचारीलाई सम्मान महिला जागरण संघले कार्यालयमा कार्यरत तीनजना उत्कृष्ट कर्मचारीलाई छनौट गरेको छ । विगत लामो समयदेखि संस्थामा रहेर संस्थाको काम कार्वाहीमा मेहनत र लगनशिल भएर काम गर्दै संस्थाको गरिमालाई उच्च वनाउने तीनजना कर्मचारीलाई सम्मान गरेको हो । सम्मानित हुने कर्मचारीहरुमा कमलाराया घिमिरे, पुष्पा लिम्बू र राम मगर भए । उनीहरूलाई संघकी अध्यक्ष बिष्णु दाहालसहित संस्थाकी अनुजा शिवाकोटी लगायतले सम्मान पत्र प्रदान गर्दै सम्मान गरेका थिए ।

   आफनो जीवनकालको सक्रिय समयदेखि निरन्तर रूपमा महिला जागरण संघ इलामको संस्थागत विकासमा अविस्मरणिय योगदान पु¥याएको भन्दै संस्थाले कर्मचारीलाई सम्मान गरेको हो । संस्थाले आफ्नो बार्षिक साधारण सभा र अधिवेशनको अवसर पारेर सदरमुकाममा सम्मान गरेको हो । सम्मानित कमला घिमिरे विगत ४÷५ बर्षअघिबाट संस्थामा कार्यरत हुनुन्छ भने सम्मानित लिम्बू र मगर निकै लामो समयदेखि कार्यरत रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार