परिचय


च्यातिएको कागजमा
परिचय खोज्थ्यो उ
चहार्दै हिड्यो
गल्ली र चोकहरु
हाट र बजारहरु
साँझ विहान र गोधुलीमा
कहाँ कहाँ पुगेन
उ खोला सँग पुग्यो
खोलाले नदी बन्नु पर्छ भन्यो
पथ्थरसँग पुग्यो
पथ्थरले पहाड बन्नु पर्छ भन्यो
नदी किनार बालुवाले
मरुभूमिको सपना देखायो
बन्न खोज्यो नदी पनि तर सकेन
बन्न खोज्यो पहाड पनि तर सकेन
बन्न खोज्यो मरुभूमि जस्तै तर सकेन
उसले भुलेको थियो उ
ऊ हो भनेर ।
अरूमा आफ्नो परिचय भेटिन्न भनेर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार