पूर्वेलीको बिब्ल्याँटे उपशाखा अध्यक्षमा रोशन

  आवाज संवाददाता

इलाम। पूर्वेली जीप तथा ट्याक्सी यतायात प्रालिको उपशाखा बिब्ल्याँटेको अध्यक्षमा रोशन श्रेष्ठ चयन भएको छ ।
व्यवसायीहरुको भेलाले उपशाखा गठन गरेको हो । उपशाखाको उपाध्यक्षमा चेतन पोख्रेल, सचिवमा चन्द्र घिमिरे, कोषाध्यक्षमा प्रेम राई र सहसचिवमा जीवन सापकोटालाई चयन गरेको छ ।

यसरीनै सदस्यहरुमा मणिकुमार श्रेष्ठ, राजु खनाल, खड्ग राजबंशी, तारा शिवा, लाक्पा शेर्पा, सोनाम शेर्पा, विबेक बानियाँ, तारा श्रेष्ठ र अनिल तामाङ रहेका छन् ।

भेलामा प्रालिका अध्यक्ष गृष्म सुब्बा र पदाधिकारहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार