घाँटीमा घाउ आएर गम्भीर अवस्थामा उपचार गराइरहेकी माई नगरपालिका–१० की सुजला तुम्बापाेलाई कुवेतबाट आर्थिक सहयोग प्राप्त भएको छ ।
माई नगरपालिका–४ शुक्रबारे बजारका भीमकुमार तुम्बापाे र बुद्धिकुमारी तुम्बापाेकी १० बर्षीय छोरी सुजला राईकोे उपचारमा सहयोगलाई कुवेतबाट सहयोग आएको छ ।
प्रवासी इलामेली सेवा समाज कुवेतका संयोजक चक्र कुलुङ राईमार्फत संकलित तेह्र हजार रुपैयाँ माई नगरपालिकाका प्रमुख दीपककुमार थेबेले पीडितको परिवारलाई प्रदान गरे । पीडित सहयोग कार्यक्रममा स्थानीय समाजसेवीहरु जुनु राई, दल बहादुर शंकर, हरि प्रसाद भट्टराई, कोवित दहाल, पृथ्वी तिम्सिना लगायतको सहभागिता रहेको थियो ।
विपन्न परिवारकी सुजला स्थानीय गरुवा आधारभूत विद्यालयमा कक्षा–४ मf अध्यानरत छिन् ।