कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पद जोगिएको छ । शुक्रबार उनले २२ जना सांसदको विश्वासको मत पाएका छन् ।
३७ जना उपस्थित सांसद मध्ये २२ जनाले उनको पक्षमा मतदान गरेका छन् भने १५ जनाले विपक्षमा मतदान गरे ।
शाहीको पक्षमा एमालेका चार जना सांसदले मतदान गरेका छन् । पार्टीले गरेको ह्वीप विपरित चार सांसदले फ्लोरक्रस गरेपछि शाहीको पद जोगिएको हो ।