पत्रकार भण्डारी वर्ष २०२१ को उत्कष्ट नागरिक

  आवाज संवाददाता

नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी वीरता जेसीज वर्ष २०२१ को उत्कृष्ट नागरिक घोषित भएका छन् ।
कञ्चनजंघा एफएम्का प्रवन्ध निर्देशक समेत रहेका भण्डारीलाई वीरता जेसीज बिर्तामोडले उत्कृष्ट नागरिक घोषणा गर्दै बिर्तामोडमा आज आयोजित कार्यक्रमकाबीच सम्मान गरेको छ ।

नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले सम्मानित भण्डारीलाई सम्मान पत्र प्रदान गरेका थिए । उत्कृष्ट नागरिक घोषणा भएसंगै पत्रकार भण्डारीलाई झापाका विभिन्न १ सय ३१ वटा संघ संस्थाले सामुहिक अभिनन्दन गर्दै सम्मान गरेका थिए ।
वीरता जेसीज बिर्तामोडले हरेक वर्ष विभिन्न क्षेत्रमा क्रियाशील एक जनालाई उत्कष्ठ नागरिक घोषणा गर्दै सम्मान गर्दै आएको वीरता जेसीजका अध्यक्ष राजीव धिमालले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार