क्यान्सरपीडित लालबहादुर राईको उपचार अभाव खर्च अभाव भएको छ । इलाम नगरपालिका–२ स्थित सुम्बेकका राईलाई घाँटीको क्यान्सरको उपचारका लागि रु दश लाखभन्दा बढी लाग्ने भएकाले आर्थिक अभाव भएको हो ।
लालबहादुरको अहिले भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । विभिन्न अस्पतालमा उपचार सम्भव नभएपछि लालबहादुर उपचारका लागि भक्तपुर क्यान्सर अस्पताल पगेका हुन् ।
अहिले किमो थेरापीमार्फत उपचार भइरहेको छ । ‘एउटा इन्जेक्सनको लागि नै ७० हजार लाग्दो रहेछ । कसरी ल्याउने त्यत्त्रो खर्च ?’ लालबहादुरका छिमेकी दिलबहादुर याक्खाले भने, ‘एकदमै निम्नस्तरीय परिवार हो ।’
लालबहादुरका श्रीमती र एक छोरी छन् । उहाँलाई सहयोगका लागि कृषि विकास बैंक इलाममा रहेको खाता नं. ०६००९००७२८४३५०१६ मा संकलन गर्न आग्रह गरिएको छ ।