इलाम । लागुऔषध दुव्र्यसनीकाे प्रयाेगका बारेमा सचेतनामूलक विद्यालयस्तरमा अभिमुखीकरण कार्यक्रम इलाममा सम्पन्न भएकाे छ । देखासिकी र अनुभव लिनका लागि लागुऔषध प्रयोग गर्नाले वालवालिका दुव्र्यसनीमा फस्ने गरेकाले विद्यालयमा सचेतना कार्यक्रम लगिएको हो । गएको चैत २२ देखि चैत ३१ सम्म चलेको पहिलो चरणको कार्यक्रममा इलाम नगरपालिकाका १८ विद्यालयका एक हजार एक सय ३० जनालाई लागुऔषध दुव्र्यसनीका बारेमा सचेत गराइएको थियो ।
इलाम नगर युवा परिषद्काे आयाेजनामा र जिल्ला युवा समितिको कार्यालय र जिल्ला प्रहरी कार्यालय इलामको सह आयाेजनामा विद्यालय विद्यालयमा कार्यक्रम भएको हो । नगर युवा परिषद्का अध्यक्ष सचिनजङ्ग रायमाझीका अनुसार विद्यार्थीलाई सचेतनात्मक भिडियो र दुव्र्यसनमा फसेको व्यक्तिको बारेमा जानकारी गराउँदै विद्यार्थीलाई जानकारी गराइएको थियो । रायमाझीका अनुसार चैत २२ गते, ग्रीन भ्याली एकाडेमीमा ६०, जुविल्याण्ड एकाडेमीका ७६, समता निकेतनका १९ विद्यार्थीलाई लागुऔषधका बारेमा सचेत गराइएको थियो । यस्तै, चैत २३ मा बालकन्या माध्यमिक विद्यालय सोयाकका ९०, साङ्ग्रुम्बा माध्यमिक विद्यालय साङ्ग्रुम्बाका एक सय जनालाई यस बारेमा जानकारी गराइयो ।
चैत २४ मा बिणापाणी माध्यमिक विद्यालय पुवामझुवाका ९०, सारदा माध्यमिक विद्यालय पुवामझुवाका ६८ र चैत २५ मा भगवती माध्यमिक विद्यालय, गोलाखर्कका ७१ र ज्योति विद्या मन्दिर विद्यालयका ५७ जनालाई दुव्र्यसनीका विरुद्ध सचेतनाका बारेमा जानकारी गराइयो । यस्तै, चैत २६ मा गुरुकुल माध्यमिक विद्यालयका ४८, प्रज्ञा सदन विद्यालयका ५६ र चैत २७ गते आदर्श माध्यमिक विद्यालयका ८२, पूर्ण स्मारक माध्यमिक विद्यालय गोदकका ६० जना विद्यार्थीले कार्यक्रममा भाग लिए ।
चैत २९ मा नन्द माध्यमिक विद्यालय गोदकका ४३ र चैत ३० गते वालमण्डल माध्यमिक विद्यालय, जस्वीरेका २६ र सुम्बेक माध्यमिक विद्यालय सुम्बेकका ४४ जनाले सहभागी थिए । यस्तै, चैत ३१ म मण्टेश्वरी माध्यमिकका ८५ र रत्नकुमार वान्तवा पोलिटेक्निक विद्यालयका ५५ विद्यार्थीलाई लागुऔषध बारे सचेत गराइएको थियो । कार्यक्रमको सहजीकरण प्रहरी नायव निरीक्षक लालध्वज सुवेदी, प्रहरी निरीक्षक ईश्वर तामाङ, हवल्दार विजय राईले गरेका थिए ।
पछिल्लो समय ताप्लेजुङ र पाँचथरको लागुऔषधको टान्जिट प्वाइनका रूपमा इलाम रहेको अनुमान गर्दै लागुऔषध बारेमा सचेतना गराउन थालिएको हो । खुला सीमाको फाइदा उठाउँदै विभिन्न माध्यमबाट जिल्ला बाहिर लागुऔषध निकासी हुने गरेकाले सचेतना अपनाउन थालिएको हो । यसको असर विद्यालयस्तरका वालवालिकामा बढी पर्न थालेको छ । विशेषगरी १६ देखि २४ बर्षीय बालबालिका लागुऔषधको नसामा पर्ने र किनवेचमा समावेश हुने गरेकाले सचेत गराउन थालिएको हो । आउँदा दिनमा पनि चरणवद्ध रूपमा कार्यक्रम गरिने अध्यक्ष रायमाझीले जानकारी दिए ।