माईजोगमाई गाउँपालिकाको अध्यक्ष कप फुटबल प्रतियोगिता स्थगित

  आवाज संवाददाता

माइजोगमाई गाउपालिका केन्द्र नयाबजारको बालागुरु रङ्गशालामा हुने भनिएको माईजोगमाई गाउपालिका अध्यक्ष कप आमन्त्रित फुटबल प्रतियोगिता स्थगित भएको छ । बैशाख ११ गते बाट सुरु हुने भनिएको फुटबल प्रतियोगिता कोभिड १९ का कारण स्थगित भएको माईजोगमाई गाउपालिका अध्यक्ष जित बहादुर राईले बताए ।
माईजोगमाई गाउपालिकाको मुख्य आयोजनामा हुन लागेको फुटबल अनिश्चितकालका लागि स्थगित भएको हो । प्रतियोगितामा आयोजक सहित ८ वटा क्लब उपस्थित हुने भएका थिए । बिजेतालाई टिमलाई नग्गद २ लाख मेडल ट्रफि र प्रमाणपत्र तथा उपबिजेता टिमलाई नगद १ लाख मेडल ट्रफी र प्रमाणपत्र रहेको गाउँपालिकाका सञ्जिव थामिले बताए ।
प्रतियोगितामा खेलाडीहरुलाई खान बस्न सहित खेल अवधी भरको भत्ता समेर ब्यवस्था गरिएको थियो । कोभिड १९ को सङ्क्रमण दिनानु दिन बढदै गए पछि टाढा टाढाको मानिसहरु आउने भिडभाड धेरै हुने भए पछि अध्यक्ष कप फुट्बल स्थगित भएको हो । साभार ः लोकल सन्देशबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार