सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार अध्यक्ष दाहाललाई

  आवाज संवाददाता

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ।पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन कहिलेदेखि फिर्ता लिने भन्ने निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई दिएको प्रवक्ता नाराणकाजी श्रेष्ठले जानकारी दिए। “समर्थन फिर्ताको औपचारिक पत्र कहिले दिने भन्ने बारेमा अध्यक्षले निर्णय गर्नुहुनेछ”, उनले भने, “जुन छिट्टै हुनेछ।”

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे अध्यक्ष प्रचण्डले निर्णय लिन सक्ने गरी स्थायी कमिटीले अधिकार दिएको जानकारी दिए ।

आजको बैठकले पार्टी सङ्गठन र भ्रातृ संगठनमा शुद्धीकरणको अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ। बैठकले केही दिनभित्र राजनीतिक प्रतिवेदन तयार गरी स्थायी समितिमा प्रस्तुत गर्ने र स्थायी समिति बैठकले त्यसलाई केन्द्रीय समितिको बैठकका निम्ति प्रस्तावका रुपमा लैजाने निर्णय पनि गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

बैठकले कोभिड–१९ को प्रकोपबाट सुरक्षित रहन आम जनसमुदायलाई अपिल गर्ने निर्णय गरेको छ। पार्टीको सम्पूर्ण कमिटी र पंक्तिलाई कोभिड–१९ विरुद्धको जनचेतना र जागरणको अभियान सञ्चालन गर्न निर्देशन दिइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार