इलाम नगरपालिकाका ५ सय ७६ लाई आवासका लागि दुई करोड ८८ लाख

  आवाज संवाददाता


इलाम।सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत इलाम नगरपालिकाका पाँच सय ७६ जना विपन्न परिवारले टीनको छाना लगाउन अनुदान पाउने भएका छन् ।
एक परिवारलाई ५० हजार अनुदान दिइने नगरपालिकाले जनाएको छ । नगरभित्र मात्र दुई करोड ८८ लाख वितरण गरिने भएको छ ।
इलाम नगरपालिकाका १० वटै वडाहरुमा अनुदान पाउने परिवारसँग संझौता गर्ने कार्य सम्पन्न भई छाना लगाउने कामसमेत भइरहेको नगरपालिकाका अमिन हेमसागर सापकोटाले बताए । घरमा छाना लागएपछि एक मुष्ट बैंक मार्फत ५० हजारका दरले भुक्तानी गरिने पनि उनले बताए ।


इलाम नगरपालिकाको वडा नं. १ का ५५, वडा नं. २ का ४५, वडा नं. ३ का ४५, वडा नं. ४ का ४५, वडा नं. ५ का ५५, वडा नं. ६ का ३०, वडा नं. ७ का १, वडा नं. ८ का ४५, वडा नं. ९ का ५५, वडा नं. १० का १२३, वडा नंं ११ का ३२ र वडा नं. १२ का ४५ विपन्न परिवारले अनुदान पाउने छन् ।

सरकारले खरको छानालाई विस्थापन गर्ने तथा प्रकोप र गरिबीको रेखामुनी रहेका नागरिकले आफैं आवास निर्माण गर्नका लागि जस्ता पाता र सहुलियत दरको काठ खरिदका लागि अनुदान उपलब्ध गराउन उद्देश्यले सुरक्षित नागरिक आवास कार्यक्रम सञ्चालन गरेको छ ।
इलाम नगरपालिकाले भने गुणस्तर र एकरुपताका लागि रातो टीनको प्रयोग गर्नुपर्ने अनिवार्य शर्त राखेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार