अरुलाई खुशी राख्न आफैं हारी दिनुपर्छ
आफ्नो सारा खुशीहरु नामसारी दिनुपर्छ
अरुको ख्याल गर्दागर्दै बित्छ आफ्नो जिन्दगी
कैयौं पीडाहरु सहजै स्वीकारी दिनुपर्छ
यस्तो लाग्छ हामी बाँच्छौं शायद अरुकै लागि
आफू डुंगा बनेर समुन्द्र तारी दिनुपर्छ
बाँच्नकै लागि पनि अरुको ॠणी हुन्छौं हामी
अरुलाई पनि सदैब आभारी दिनुपर्छ
मृत्यु पछि मान्छेको नाम त बिर्सीदिन्छ मान्छे
त्यसैले असल कर्मले चिनारी दिनुपर्छ धोबिधारा,इलाम