इलाम नगरपालिकाका विद्यालयहरु २० गतेदेखि परीक्षा

  आवाज संवाददाता

इलाम। कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले इलाम नगरपालिकाले बैंशाख २० गतेदेखि परीक्षा सञ्चालन गरी बैंशाख मसान्तसम्ममा सम्पन्न गर्न निर्देशन दिएको छ ।
कक्षा १ देखि ९ सम्मको अन्तिम परीक्षा २० गतेदेखि सञ्चालन गर्न नगरपालिकाले निर्देशन दिएको छ । विहीबार बसेको नगर शिक्षा समितिको बैंठकले कोरोना संक्रमणलाई मध्यनगर गर्दै बैंशाखमै परीक्षा सम्पन्न गर्ने निर्णय गरेको हो । कक्षा ८ को परीक्षा भने निर्धारित समय जेठ २ गतेबाट शुरु हुने जनाइएको छ ।
कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै भौतिक दूरी कायम गरेर परीक्षा सञ्चालन गर्ने, शिक्षक, कर्मचारी र विद्यार्थीहरुले अनिवार्य मास्कको प्रयोग गर्ने, विद्यालयमा साबुन पानीले हात धुने व्यवस्था गर्ने, भौतिक दुरी कायम गर्नका लागि फरक फरक सिफ्टमा परीक्षा सञ्चालन गर्नका लागि नगरले विद्यालयहरुलाई निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार