१३ लाख भन्दा बढीको भन्सार छली गरी ल्याएको लत्ताकपडा बरामद

  आवाज संवाददाता

सुनसरी।सुनसरी ईटहरी-९ स्थित राजमार्गबाट बिहीबार विहान साढे ९ बजे प्रहरीले अवैध रुपमा भन्सार छली गरी ल्याएको करिव १३ लाख ४२ हजार ७ सय ५० रुपैयाँ बराबरको लत्ताकपडाहरु परामद गरेको छ ।

बिशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले राजमार्गबाट को १ख १७९० नम्बरको ट्रक नियन्त्रणमा लिई चेकजाँच गर्दा भन्सार छली गरी ल्याएको कुर्ताको कपडा ४४ रोल, साडी ३५७ पिस ,गम्छा ३२५ पिस र बेहुलीको साडी ९७ पिस फेला पारी बरामद गरेको हो । यसरी बरामद गरिएको लत्ताकपडा,ट्रक र चालक समेतलाई आवश्यक कारबाहीका लागी राजश्व अनुसन्धार क्षेत्रिय कार्यालय ईटहरीमा बुझाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार