इलाम नगरपालिका वडा नं. ४ मा जनजाति समन्वय समिति गठन

  आवाज संवाददाता

इलाम। नेपाल आदिवासी जनजाति समन्वय समिति इलाम नगरपालिका वडा नं. ४ को वडा समिति गठन भएको छ ।
बिहीबार भएको भेलाले जीतबहादुर राईको अध्यक्षतामा समिति गठन भएको हो । समितिको उपाध्यक्षमा हेमबहादुर गुरुङ, सचिवमा सजिता राई, कोषाध्यक्षमा टेकेन्द्र सोङ्मी चयन भएका छन् । यसरीनै सदस्यहरुमा दिनेश राई, सपना राई, सनबहादुर मुखिया, सोमबहादुर राई, चन्द्रबहादुर राई र छत्रबहादुर राई रहेका छन् ।
आदिवासी जनजाति समन्वय समिति इलाम नगरपालिकाका अध्यक्ष मनराज जबेगूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि इलाम नगरपालिकाका वडाध्यक्ष नूतन दुलालले मन्तब्य राखेका थिए । समितिका सचिव होमबहादुर राईले सञ्चालन गरेको कार्यक्रममा वडासदस्य ज्ञानेन्द्र निरौला र विष्णु सुब्बाकाे पनि उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार