पार्टीमा एकताको सम्भावना क्षीण हुँदै छः नेता नेपाल

नेकपा ९एमाले० का नेता माधवकुमार नेपालले पार्टीमा एकताको सम्भावना क्षीण हुँदै गएको बताएका छन् । पार्टी धनुषा जिल्ला कार्यसमितिद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी अध्यक्षको दम्भका कारण एकता क्षीण हुँदै गएको आरोप लगाए । पार्टी गम्भीर सङ्कटको चरणबाट गुज्रिरहेको र त्यसको जिम्मेवार पार्टी अध्यक्ष भएको ठोकुवा पनि उनले गरे ।

    उनले आफूसँगको कुराकानीमा आफूले अध्यक्षलाई समाधानको बाटो अपनाउन आग्रह गरे पनि पार्टी एकता सुन्ने नचाहेको आरोप लगाउँदै पार्टी, लोकतन्त्र, संविधान, सङ्घीयता, विधि र प्रक्रिया धरापमा परेको धारणा राखे । नेता नेपालले २७ प्रतिनिधिसभा सदस्यसँग माग गरिएको स्पष्टीकरण औचित्यहीन रहेको जनाउँदै पार्टी प्रावधानअनुसार पार्टी अध्यक्षलाईसांसद्को पद खोस्ने कुनै आधार नरहेको जिकिर गरे ।

उनले भने, “हामीहरूको मूल घर नेकपा ९ एमाले० नै हो, पार्टी अध्यक्षले आफूलाई सर्वज्ञानी ठान्ने गरेका कारण सबैतिर त्राहिमामको अवस्था उत्पन्न भई पाटीको गतिविधि कागजमा सीमित हुन पुगेको छ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार