गजल

गुरु त्यो पारी डाडाँबाट हामी आकाश भेट्न सक्छौ
सक्छौ बाबु खोज्यौ भने आफैमा विस्वास भेट्न सक्छौ
समय विग्रिन्छ फेरि सप्रन्छ यो विस्वास बोक्नु पर्छ
आजको भन्दा भोलिको समय खास भेट्न सक्छौ
एउटा मान्छे चौतारीमा प्रतिक्षामा छ कसैको
हेर्दा शान्त छ तर खोतल्नु अत्यास भेट्न सक्छौ
पछाडी पछाडी दुर्गन्धको चर्को बात गर्दै हिड्यौ
म सम्म आउनु सुगन्धको मधुर बतास भेट्न सक्छौ
मान्छेको मन मन्दिर हो चिहान घारी पनि हो हेर!
खुसिको टुक्रा कतै,कतै सपनाको लास भेट्न सक्छौ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार