इलाम सोयाङकी मृगौला पीडितलाई कोरियाबाट आर्थिक सहयोग

दक्षिण कोरिया। विगत केही समय अघिदेखि दुबै मृगौलामा समस्या भएर उपचार गराइरहेकी माईजोगमाई गाउँपालीका -५, साविक सोयाङ्ग – ४ लोक्साङ इलामकी सन्चरानी थलङ लिम्बूलाई दक्षिण कोरियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।

दक्षिण कोरियामा रहेका इलामेलीहरुको साझा संस्था इलामेली सेवा समाज दक्षिण कोरिया अन्तर्गत विमल घिमिरेको संयोजकत्वमा केही समय अघि एक अभियान संचालन गरिएको थियो । विभिन्न संघसंस्था तथा सहयोगी दाताहरु मार्फत संकलित नेपाली ९५ हजार ४७१ रुपैयाँ सहयोग पीडितलाई पठाइएकाे संयोजक घिमिरेले जानकारी दिएका छन् ।

पीडित सन्चरानीको दुबै मृगौलाले काम गर्न छाडेको र हाल आएर फोक्सोमा समेत समस्या देखिएकोले बिराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेकाे छ । पारिवारीक स्रोतका अनुसार बिरामीको उपचारका क्रममा धेरै खर्च भएको र थप उपचारका लागि पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले सहयोग आव्ह्वान गरिएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार