प्रधानमन्त्री ओलीले गरे ऐतिहासिक धरहराकाे उद्घाटन

  आवाज संवाददाता

इलाम । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्मित धरहराको उद्घाटन गरेका छन् । २०७२ सालको भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त बनाएको धरहरा ६ वर्षपछि नवनिर्माण भएको छ ।

भूकम्पले क्षति पुर्याएको धरहरालाई यथावत् स्थानमा राखेको त्यसको नजिकै नयाँ धरहरा बनाइएको हो । २०७५ सालको कात्तिकमा धरहराको निर्माण सुरु भएको थियो । नवनिर्मित धरहरा २२ तलाको छ । धरहराको निर्माल लागत करिब ३ अर्ब ४५ करोड अनुमान छ ।

धरहरा आज उद्घाटन गरिएपनि तत्काल सर्वसाधारणलाई अवलोकनका लागि खुला गरिएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार