इलाम नगरपालिका वडा नं. १२ स्थित साङ्ग्रुम्बा माध्यमिक विद्यालयमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को नयाँ कार्य समिति गठन गरेको छ ।
समितिको अध्यक्षमा सुदीप कार्की, उपाध्यक्ष दीपेन्द्र मगर र रोजीना खत्री, सचिवमा केवल लिम्बू, कोषाध्यक्षमा सिर्जना सापकोटा रहेका छन् । यस्तै, समितिको सह–कोषाध्यक्ष अस्मिता राई र सुजन दर्जी रहेका छन् ।
समितिको सदस्यहरूमा सविन अधिकारी, मनिता राई, सारा राई, रोजीना खाती, विष्णु काफ्ले रहेका छन् ।
नेविसंघको कार्यवहाक प्रकाश भट्टराई, सचिव लक्ष्मण चौलागाईं, जिल्ला कार्य समितिका पूर्व सदस्य भोगेन्द्र ढकाल र नेविसंघका महेन्द्र रत्न बहुमुखी क्याम्पसका उपाध्यक्ष प्रवीण कट्टेलको उपस्थिति छ ।