लिम्बू विद्यार्थी मञ्चद्वारा भित्तेपात्रो सार्वजनिक

  आवाज संवाददाता

   इलाम । लिम्बू विद्यार्थी मञ्च जिल्ला कार्यसमिति इलामकाे वार्षिक भित्तेपात्राे २०७८ सार्वजनिक भएकाे छ । आज शनिबार इलाममा आफ्नै कार्यालयमा पात्राेकाे एक कार्यक्रम गरि विमाेचन गरिएकाे हाे ।

    वार्षिक रुपमा प्रकाशन गर्दै आएकाे पात्राेकाे साईज र स्तरीयता भने यस वर्ष बढाईएकाे छ । यस पटक (१५x२० )  ६ पत्ते पात्राे प्रकाशन गरिएकाे छ । विगतका वर्षहरुमा भन्दा यसवर्ष साईज र स्तरीयता राम्राे भएकाे अनुमान आयाेजकले जनाएकाे छ ।  भित्तेपात्राेकाे विमाेचन तथा शुभकामना आदानप्रदान कार्य‍क्रममा लिम्बू विद्यार्थी मञ्चका केन्द‍्रीय उपाध्यक्ष रामकुमार लिम्बूले पात्राेकाे सार्वजनिक गरेकाे थियाे । कार्यक्रमा लिङदम सहित किरात याक्थुङ चुम्लुङका राष्ट्रिय परिषद् सदस्य सन्ताेस नेम्बाङ, कियाचु जिल्ला काेषाध्यक्ष बुद्धमाया साेङमी,  इलाम नगर अध्यक्ष बखतवहादुर आङदेम्बे, नायब सुब्बाद्वय सुरेन्द्र सुब्बा र कृष्ण सुब्बाले शुभकामना मन्तव्य राखेका थिए ।                  कार्यक्रममा बक्ताले लिम्बू विद्यार्थी मञ्च इलामकाे गतिविधिकाे प्रशंसा र थप प्रगतिकाे शुभकामना दिएकाे थियाे ।  मञ्चका जिल्ला अध्यक्ष अतित याेङहाङकाे अध्यक्षता, सहसचिव मनाेज साँबाकाे सञ्चालन भएकाे कार्यक्रम र उपाध्यक्ष सन्ताेष लिङदमले स्वागत मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार