इलामका तीन जनामा काेराेना स‌क्रमण

  आवाज संवाददाता

इलाम । प्रदेश १ मा शनिबार थप १३६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६८, झापामा २१, सुनसरीमा २०, संखुवासभामा ९, धनकुटा र इलाममा ३–३, तेर्‍हथुम, ताप्लेजुङ र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ५९, रंगेलीमा २, ग्रामथान, जहदा, पथरीशनिश्चरे,रतुवामाई, कटहरी, धनपालथान र उर्लाबारीमा १–१, झापाको विर्तामोडमा ७, झापा गाउँपालिकामा ४, अर्जुनधारामा ३, शिवसताक्षी, हल्दिबारी र भद्रपुरमा २–२, गौरीगञ्जमा १, सुनसरीको धरानमा १०, इटहरीमा ४, बर्जुमा २, रामधुनी, दुहवी, इनरुवा र स्थानीय तह नखुलेका १–१, संखुवासभाको खाँदबारीमा ८ जनामा संक्रमण देखिएको हो ।

त्यस्तै, स्थानीय तह नखुलेका १, धनकुटाको धनकुटा नगरपालिकामा ३, इलामको इलाम नगरपालिकामा २ र स्थानीय तह नखुलेका १, तेह्रथुममा १, ताप्लेजुङमा १, ओखलढुङ्गाको सिद्धिचरणमा १ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३१ हजार ३२२ पुगेको छ । संक्रमितमध्ये २९ हजार ९४४ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ८९९ पुगेको छ ।

प्रदेश १ मा शनिबार ४३८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ४२ महिला र ९४ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार