भारतीय सीमा क्षेत्र सँग जोडिएको यो नगरपालिका पर्यटकीय दृष्टिले उत्तिकै महत्वपूर्ण छ । सरकारको सय गन्तव्र्य सुचीमा परेको कन्याम फिक्कल अन्तु सर्किट, पूर्वी नाका पशुपतिनगर, यहाँका महत्वपूर्ण स्थान हुन् । आधुनिक कृषिको व्यवसायिकीकरण, कृषिले सुधारिएको जीवन शैलीको फरक पाटो रहेको यो नगरपालिकामा कसरी विकास भइरहेको छ, सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईसँग गरिएकाे कुराकानी ः
नयाँ संवैधानिक व्यवस्थाअनुसारका स्थानीय तहमा जनप्रतिनिधि चुनिएर आएको ३ वर्ष बित्यो । यो अवधिमा सूर्योदय नगरपालिकामा नयाँ के काम भएका छन् ?
३ वर्षको अवधि त्यति लामो होइन । यो अवधिमा पहिलो त कानून निर्माणको काम भएको छ । विभिन्न कानून, ऐन र कार्यविधि, निर्देशिका गरेर एक सय बढी कानून बनाएका छौं । तीनवटा त ऐन–कानूनको संगालो तयार गरेका छौं । बेरुजु शुन्य बनाउने लक्ष्य छ । त्यसका लागि महालेखा नियन्त्रण कार्यालयको मापदण्ड अनुसार यहाँ प्रत्येक कार्यक्रमको मापदण्ड तयार गरिएको छ । यी बाहेक अन्य सडक पूर्वाधार, खानेपानी, खेलकुद, पर्यटन, पर्यावरण, कृषि, स्वास्थ्य, शिक्षा, सिँचाइलगायतका धेरै काम भएका छन् ।
नागरिकले विकास अनुभूत गर्नेगरी कस्ता काम भए त ?
पहिलो त जनताको गुनासो सुन्ने र योजना निर्माण, कार्यान्वयन गर्ने गरेका छौं । टोल–टोलमा गएर जनताको गुनासो सुन्ने कार्यक्रम छ । त्यसले गर्दा गाउँको आवश्यकता के हो त्यो योजना बनाउन सजिलो भएको छ । दोस्रोमा गाउँमा उत्पादन भएका कृषि उपज वर्षाको समयमा ढुवानी हुन नसक्दा बारीमै कुहिने समस्या छ ।
त्यसलाई बजार सम्म पुर्याउन नगरपालिकाका १४ वटै वडामा एक–एक वटा अलवेदर रोड निर्माणको काम शुरु गरिएको छ । साना तथा ठूला खानेपानी योजना, सिंचाइ योजनालगायतका धेरै उल्लेख्य काम भएका छन् । नागरिकलाई स्वास्थ्य सेवाको पहुँच पु¥याउन सबै वडामा वर्थिङ सेन्टर सहितको स्वास्थ्य चौकी निर्माण गरिएको छ एउटा वडामा मात्रै बाँकी छ । हामीले यस नगरपालिकामा भएका हरेक कामलाई ‘सूर्योदय विकास मोडेल’ को रुपमा अगाडि बढाएका छौं ।
सूर्योदय नगरपालिका कृषि उत्पादनका लागि महत्वपूर्ण क्षेत्र हो, कृषिका लागि यहाँ के काम हुँदैछ ?
कृषि त्यसमा पनि चिया यहाँको मुख्य उत्पादन र नगदे बाली हो । यहाँ चियामा समस्या धेरै थियो । किसानले उत्पादनको लागत मुल्य पनि पाउँदैन थिए । स्थानीय सरकार गठनपश्चात् हामीले चियाको समर्थन मूल्य न्यूनतम ४० रुपियाँ प्रतिकिलो निर्धारण ग¥यौं । यहाँ रहेका ६२ भन्दा बढी चिया प्रशोधन कारखानाका लागि मापदण्ड तयार गरेर त्यो कार्यान्वयनमा ल्याउने काम ग¥यौं ।
किसान आफैंलाई मालिक बनाउन सहकारी संस्था मार्फत चिया उद्योग स्थापना गर्न ती सहकारीलाई व्याज अनुदान दिने काम यो वर्षबाट शुरु गरिएको छ । अर्गानिक उत्पादनलाई जोड दिएर सबै कृषि उत्पादनलाई अर्गानिक बनाउन अर्गानिक उत्पादन, रासायनिक मल र विषादीमा रोक, प्राङगारिक मल उत्पादन, पशुपालन जस्ता कामलाई विषेश ढंगले अगाडि बढाइएको छ ।
निर्वाचनताका तपाई र तपाईको पार्टीले सर्वसाधारणसँग गरेको प्रतिबद्धता कति पूरा गर्नुभयो ?
म एक–दुई महिना त्यसबेलाको घोषणा पत्र हेर्ने गर्छु । घोषणा पत्र अनुसार सबै काम भएका छन् । अब बाँकी केही छैन । अझ बढी काम गरेका छौं । अब पाँच वर्षको अवधिमा धेरै काम सम्पन्न हुनेछन् । पहिला गाउँ जाँदा र अहिले गाउँ जाँदा जनताले गर्ने व्यवहार फेरिएको छ । कस्तो किसिमको स्थानीय सरकार जनताले खोजेका थिए र कस्तो भयो भन्ने कुरा जनतालाई सोध्नुपर्छ ।
नगरले कसरी स्रोत, साधन परिचालन गरिरहेको छ ?
नगरपालिकाले सबै वडालाई समान ढंगले हेरेको छ । सबै वडाको समान विकास भएमात्र लक्ष्यमा पुग्न सकिन्छ । त्यहीकारण भौतिक पूर्वाधार सडक, सिचाईं, खानेपानी, वडा कार्यालय भवन निर्माणलगायतका कामलाई समान ढंगले अगाडि बढाइएको छ । राजश्व संकलन, एकिकृत सम्पत्ति कर, वैज्ञानिक ढंगले लागू गरिएको छ । योजनाहरुलाई उपभोक्ता सँगको साझेदारीमा काम गर्दा योजनाहरु राम्ररी सम्पन्न भएका छन् ।
नागरिकको आधारभूत स्वास्थ्यप्रति नगरपालिकाले कस्तो कार्यक्रम गर्दैछ ?
हामीले नगरका सबै वडामा आधारभूत स्वास्थ्य उपचारको व्यवस्था मिलाउन स्वास्थ्य चौकी निर्माण गरिरहेका छौं । गर्भवती महिलाले वर्थिङ सेन्टरमै बच्चा जन्माउन भनेर सबै वडामा वर्थिङ सेन्टर स्थापना गरिएकोे छ । फिक्कलमा २५ शैयाको अस्पताल बनाउने योजना शुरु भएको छ । अविवाहित महिला, एकल विद्यवा महिला र विपन्न दलित परिवार गरि २१ सय व्यक्ति लाभान्वित हुने गरि निःशुल्क स्वास्थ्य बीमा गरेका छौं ।
शिक्षा क्षेत्रको अवस्था कस्तो छ ?
सूर्योदयको शिक्षामा धेरै सुधार गरिएको छ । सूर्योदयले आफ्नै स्थानीय पाठ्क्रम निर्माण गरेको छ । अब कक्षा १ देखि कक्षा ८ सम्म स्थानीय विषयहरु पठनपाठन हुनेछन् । यसमा चियाको विषय देखि यहाँका आदिबासीहरुको रहनसहन, पर्यटनलगायतका विषय सम्म समेटिएको छ । बुहारिलाई शिक्षित गराउन अर्को नयाँ कार्यक्रम छ । करफोक विद्या मन्दिरमा डिप्लोमा तहमा ८२ जना बुहारी छात्राहरुलाई निःशुल्क पठनपाठनको व्यवस्था गरिएको छ ।
यो वर्ष थप ४० जना नयाँ छात्रा थपिएका छन् । यो शिक्षा निकै उपलब्धी मूलक छ । विद्यार्थीहरुलाई पढाइमा पे्ररित गर्न अभ्यास पुस्तिका वितरण गर्ने गरिएको छ । गणित सँग खेलौं गणितीय धारणको विकास गरौं भन्ने अवधारणाले कक्षा ८,९ र १० का विद्यार्थीलाई अभ्यास पुस्तिका उपलब्ध गराइएको छ । विद्यालय बीच अरिक्त कृयाकलापमा प्रतिस्पर्धा, विज्ञान प्रर्दशनीको प्रतिस्पर्धा, शिक्षकहरुलाई अन्य जिल्ला र विद्यालयमा भ्रमणको व्यवस्था । शिक्षकहरु बीच रचनात्मक प्रतिस्पर्धा लगायतका गतिविधि सञ्चालनमा छन् ।
प्रदेश र संघीय सरकारको समन्वय र सहयोग कस्तो छ ?
राम्रो छ । प्रदेश र संघको बजेटमार्फत् नगरले धेरै काम गरेको छ । तर, संघअन्तर्गतका सडक, सिंचाइअन्र्तगतका कार्यालयहरुले कतिपय काममा समन्वय नगर्दा समस्या हुने गरेको छ । यसबाहेक कृषिमा बीउबिजन अनुदान, टनेल, गाई अनुदान, हाते ट्रयाक्टर, माछा पोखरीलगायतका क्षेत्रमा नयाँ र प्रभावकारी कार्यक्रम भइरहेका छन् ।
जनप्रतिनिधि र कर्मचारीसँगको समन्वय कस्तो छ ?
जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध पनि राम्रो छ । तर, स्थानीय तहका कर्मचारीले जति पनप्रतिनिधि बुझेका छन् । त्यति संघीय अन्तगएत कार्यालयका कर्मचारीले बुझेका छैनन् । उनीहरुको सोच पुरानै हुकुमी शैलीको छ । बाँकी स्थानीय तहमा कर्मचारी, जनप्रतिनिधि सबै सँग सहकार्यको माध्इमबाट काम हुनेगरेको छ ।
तपाईं आफ्नो कुन कामबाट बढी खुशी हुनुहुन्छ ?
धेरै काम गरियो । केही कामको सुरुवात भएको छ । नगरपालिकामा सडक पूर्वाधार निर्माण चरणमा छ । यसबाहेक कहिले पनि आफ्नो आँगन भन्दा बाहिर नटेकेका विपन्न वृद्धवृद्धालाई देश दर्शन गराउने कार्यक्रम छ । यस्तै फुसको छानो हटाउने कार्यक्रम छ । फुसको छानो हटाउने कार्यक्रम त संघीय सरकारले यहाँको मोडेलबाटै देशैभर लागू गरेको छ । नगरपालिकालाई तीन वर्ष भित्र दैनिक तीन लाख लिटर दूध उत्पादन गरेर ह्वाइट सिटी बनाउने लक्ष्यका साथ अनुदानमा एक घर एक उन्नत जातको गाई वितरण कार्यक्रम चलाउँदै छ । यस्तै देशमै पहिलो चियाको परिक्षण स्थालका रुपमा कन्याममा नयाँ योजना छ । यी कामहरुले खुशी महशुस गराउँछ ।
सूर्योदय त पर्यटकीय नगर भनेर चर्चामा छ, पर्यटन सम्बन्धी थप के काम हुँदैछ ?
हामीले यस नगरपालिका भित्र रहेका पुराना बजारहरुलाई कालोपत्रे गर्ने र संरक्षण गर्ने काम गर्दैकछौं । यही अन्तर्गत गोर्खे बजारलाई पीच गरियो । आइतबारे बजारमा पनि पीचको काम अघि बढेको छ । आइतबारे बजारमा भाषा शास्त्री महानन्द सापकोटाको स्मारक स्थापनाको काम भइरहेको छ ।
तपाईंको कार्यकाल सकिँदा सूर्योदय नगरपालिका कस्तो बनेको हुनेछ ?
सूर्योदय नगरपालिका हामीले कल्पना गरेको मार्गमा निकै अघि बढेको हुनेछ । घर–घरमा इन्टरनेटको सुविधा, विद्यार्थीले इन्टरनेटबाटै पढ्ने प्रविधि भित्रिएको हुनेछ । जसका लागि अहिले हामीले ‘फाइवर टु दि होम’ कार्यक्रम ल्याएका छौं । तत्काल दुई हजार घर परिवारलाई यो इन्टरनेट सेका पुग्दैछ, अबको ५–६ महिनामै हामी नगरपालिका भरि इन्टरनेट विस्तार गर्नेछौं । त्यसैले आफ्नै सूर्योदय विकास मोडेल भएको, प्रविधिमैत्री, शिक्षित जनता भएको, सबै वडामा कालोपत्रे सडक पुगेको, सबै नागरिकको आर्थिक सम्पन्नता उन्मूख नगरपालिका देख्न सकिने छ । यो आफ्नै सूर्योदय विकास मोडेलमा देखिने छ ।