नगरपालिकाले आँखा अस्पताल बनाउने, भवनको शिलान्यास

  आवाज संवाददाता


इलाम।इलामको नगरपालिकाको सिंहवाहिनी खोल्सीमा आँखा अस्पताल बन्ने भएको छ । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र उपप्रमुख सुशिला नेम्बाङले संयुक्त रुपमा सोमबार अस्पतालको शिलान्यास गरेका छन् ।

५० लाखको लागतमा बन्ने भवनमा छ कोठा रहने छन् । आँखाको सामान्य अप्रेशनको सेवा समेत दिने अस्पतालको भवनमा आँखा जाँच कक्ष, प्राविधिक कक्ष, अप्रेशन कक्ष, प्रशासन कक्ष रहने नगरपालिकाले जनाएको छ ।

टीनको छाना रहने अस्पतालको निर्माण असार १५ गते सम्पन्न हुने जनाएको छ ।

शिलान्यास कार्यक्रममा इलाम नगरपालिकाका वडाध्यक्षहरुको समेत उपस्थिति रहेको थियो ।

नगरप्रमुख बस्नेतले आँखा दान गरे

इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले मृत्यु पर्यान्त इलाममा बन्ने आँखा अस्पताललाई आँखा दान गरेका छन् ।
आँखा अस्पतालको शिलान्यस गर्दै प्रमुख बस्नेतले आँखा खान गर्ने घोषणा गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार