भोलिदेखि इलाम नगरपालिकामा पठनपाठन बन्द, परीक्षा भने सञ्चालन हुने

  आवाज संवाददाता


इलाम।कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि इलाम नगरपालिकाले भोलि मंगलबारबाट विद्यालयको कक्षा बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको शिक्षा समितिको बैंठकले संक्रमणका कारण प्रत्यक्ष शिक्षण नगर्ने निर्णय गरेको हो । बैंशाख २० गतेदेखि परीक्षा सञ्चालन गर्ने भनिएकोमा विद्यालय व्यवस्थापन समितिको निर्णयबाट त्यस अगावै परीक्षा सञ्चालन गर्न पनि नगरले विद्यालयहरुलाई निर्देशन दिएको छ ।

इलाम नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले सोमबार एक सूचना जारी गर्दै कोरोना भाइरसको ंसंक्रमणको जोखिम बढ्दै गएकाले विद्यालयमा भौतिक रुपमा प्रत्यक्ष उपस्थित भएर सिकाइ सहजीकरण गर्न असहज भएको हुँदा प्रत्यक्ष सिकाई सहजीकरण नगर्न हुन भनिएको छ । साथै सूचनामा स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्ड अपनाएर विद्यालयको वार्षिक परीक्षा सञ्चालन गर्न पनि निर्देशन दिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार