अथक भइ अघि बढाइ राख्नु छ
चौतारीहरु त धेरै हुन्छन् नै रै पनि
नओइलाउने फूलहरु चढाइ राख्नु छ
जीवन यात्रा हो
यात्रादेखि यात्रा सम्म इतिहास बन्दछ
तीतो होस या मीठो जीवनका मोडहरुमा
अविस्मरणीय यादहरुको खात खात बन्दछ
जीवन यात्रा हो
दोबाटाहरुमा कति भेटिन्छन् कति छुटिन्छन्
जीवनका कैयन एपिसोडहरुमा
धेरै सपनाहरु त यसै टुटिन्छन् फुटिन्छन्
जीवन यात्रा हो
सबै यात्रीहरुले गन्तव्य कहाँ चुम्छन् र
रंगिन दुनिया झै रंगिन सोच बुझाइ बीचमा
मौरी परिश्रमी नै हो जहाँ झुम्छन् र
जीवन यात्रा हो
क्षितिजदेखि क्षितिज बीचमा के के हुदो हो
अज्ञानी भइ रमाइ दिँदा पनि
आफैभित्र हराएर त हेरौ जे जे हुँदो हो