इलामका थप १ सहित प्रदेश १ मा २०२ जना कोरोना संक्रमित थपिए

  आवाज संवाददाता


इलाम । इलामकाे थप एक सहित प्रदेश १ मा आज २०२ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरंगमा ११४, झापामा ३७ , सुनसरीमा ३३, ताप्लेजुङमा २, संखुवासभा, उदयपुर, पाँचथर र इलाममा १–१ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा ३५ महिला र ५५ पुरुष गरी ९० जना, बुढीगंगामा ८, कटहरीमा ४, रंगेलीमा ३, लेटाङ र बेलबारीमा २–२, केराबारी, सुन्दरहरैचा, धनपालथान, उर्लाबारी र ग्रामथानमा १–१, सुनसरीको इटहरीमा १४, धरानमा १३, इनरुवामा ४, गढी र स्थानीय तह नखुलेको १–१, झापाको दमकमा १५, गौरीगञ्जमा ६, मेचीनगर र विर्तामोडमा ४–४, अर्जुनधारा र कनकाईमा ३–३, शिवसताक्षी र कमल गाउँपालिकामा १–१, ताप्लेजुङको सिदिङ्वा र फुङलिङमा १–१, संखुवासभाको धर्मदेवीमा १, उदयपुरको चौदण्डीगढीमा १, पाँचथरमा १ , इलाममा १ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३१ हजार ६४६पुगेको छ । संक्रमित मध्ये २९ हजार ९५९ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १ हजार २०५पुगेको छ ।

प्रदेश १ मा आज ७४७ जनाको पीसीआर परीक्षण गर्दा ७६ महिला र १२६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार