इलाम नगरपालिका वडा नं. ५ को रिब्स सुम्बेक सडक कालोपत्रे

  आवाज संवाददाता


इलाम।इलाम नगरपालिका वडा नं. ५ को रिब्स–सुम्बेक सडकमा एक किलोमिटर कालोपत्रे गर्ने कार्य भइरहेको छ ।
भ्याट बाहेक एक करोड ५९ लाख १० हजार नांै सय रुपैयाँको लागतमा एक रिब्स स्कूलदेखि सुम्बेक तर्फको एक किलोमिटर सडक कालोपत्रे भइरहेकाे हो ।
प्रदेश सरकारले शहरी विकास तथा भवन कार्यालय इलाम मार्फत सडक कालोपत्रे गरेको हो । ठेकेदार कम्पनी खनाल कन्ट्रक्सन कम्पनीले २०७६ साउन ७ गतेदेखि कालोपत्रे गर्नका लागि सडकको काम शुरु गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार