गैसस महासंघद्वारा पुस्तकालय र घतानी सम्मानित

  आवाज सम्वाददाता

इलाम । गैर सरकारी संस्था महासंघ इलामको नवौं अधिवेशन तथा १५ औं साधारण सभाको अवसरमा एक संस्था र एक सामाजिक अभियन्तालाई सम्मान गरिएको छ ।
सुनगाभा विकास संस्थाको हलमा मंगलबार सम्पन्न कार्यक्रममा संस्था तर्फ जनकल्याण सामुदायिक पुस्तकालय बरबोटे र सामाजिक अभियन्ताको रुपमा बसन्ती घतानीलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख गणेश बराल, विशेष अतिथि प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्का र महासंघका अध्यक्ष कमल नेपालले पुस्तकालयका अध्यक्ष सटेन्द्र जबेगूलाई संस्थाको सम्मान हस्तान्तरण गरिएको थियो ।
महासंघका अध्यक्ष कमल नेपालको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख गणेश बराल, प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्का, गैसस महासंघ प्रदेश नं. १ का अध्यक्ष प्रकाश अधिकारी, सञ्चारकर्मी तथा पुस्तकालयका अध्यक्ष सटेन्द्र जबेगू, महासंघका पूर्व अध्यक्ष डा. डिएन फूँएललगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रम महासंघका सचिव लीला थापाले सञ्चालन गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार