प्रहरीद्वारा हराएका २७ माेटरसाइकल र चाेरीमा संलग्न पक्राउ

इलाम।जिल्ला प्रहरी कार्यालय इलामले चोरीका मोटरसाइकलहरु खोततलास गरी पक्राउ गर्ने अभियान धमाधम चलाइरहेको छ । अभियानकाे क्रममा पछिल्लाे दुई सातामा मात्र सात वटा चाेरीकाे माेटर साइकल र चाेरीमा संलग्न ब्यक्त्तिलाई पक्राउ गरेकाे छ ।

इलामकाे बिभिन्न ग्रामीण भेगहरुबाट चोरीका मोटरसाइकलहरु प्रहरीले पक्राउ गरेको छ । तराईको बिभिन्न जिल्लाबाट चोरी गरी ल्याई इलामको ग्रामीण भेगहरुमा चलाइरहेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको हो ।

२०७८ बैशाखमा मात्र प्रहरीले सात वटा चोरीका मोटरसाइकलहरु सहित चोरी गर्ने ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला गुल्मी मुसिकोट नगरपालिका-४ घर भई हाल  झापाकाे दमक नगरपालिका-५ हरीओम कोलिनि टोल बस्ने बर्ष २४ को हसाङ मगर र जिल्ला ताप्लेजुङ त्रिबेणी गाँउपालिका- २ घर भई  झापाकाे दमक नगरपालिका- ५ हरीओम कोलिनि टोल बस्ने बर्ष १९ को आकाश लिम्बु रहेका छन् । निजहरुलाई  बैशाख १२ गते माई नगरपालिका-४ सुखानीबाट प्रहरीले चोरीका मोटरसाईकल सहित पक्राउ गरेको हो । पक्राउ परेका मानिस तथा छ वटा मोटरसाईकहरुको बिषयमा थप अनुसन्धान भइरहेको प्रहररीले जनाएकाे छ ।

प्रहरीले तीन महिनामा मात्र  २० वटा चोरीका मोटरसाईकल पक्राउ गरेको छ । पक्राउ गरिएका २० वटा मोटरसाईकल मध्ये ११ वटा आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाईएको छ भने पाँच वटा आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय पशुपतिनगर इलाममा बुझाईएको छ । त्यस्तै गरी दुई वटा मोटरसाईकल सम्बन्धित धनीलाई जिम्मा दिइएको छ । दुई वटा माेटर साइकल भने जिल्ला प्रहरी कार्यालय इलाम राखी अनुसन्धान भइरहेको छ ।

प्रहरीले निम्न विवरणका माेटर साइकलका धनी फेला नपरेकाले माेटर साइकल धनीलाई सम्पर्क गर्न पनि अनुराेध गरेकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार