मास्क नलागाउनेलाई कार्वाही हाेइन मास्क उपहार


इलाम। कोरोना भाइरसको संक्रमणप्रति सचेत बनाउनका लागि मंगलबार विब्ल्याँटेमा सवारी चालक, यात्रु र पैदल यात्रीलाई मास्क वितरण गरिएको छ ।
माक्स र सेनिटाइजरको अनिवार्य प्रयोग गर्न सुझाव दिँदै मास्क वितरण गरिएको प्रहरी विट बिब्ल्याँटेका इन्चार्ज प्रमोद कार्कीले बताए ।
इलाम नगरपालिका वडा नं. ५ का वडाध्यक्ष ठाकूर नारायण श्रेष्ठ, प्रहरी, ट्राफिक प्रहरी र पूर्वेली जीप तथा ट्याक्सी यातायात प्रालिका पदाधिकारीहरुले सवारीहरुलाई रोकेर मास्कको प्रयोग गर्न सुझाएका थिए ।

मास्क नलगाएकाहरुलाई मास्क पनि वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार