चीनले नेपाललाई ५० लाख युआन बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने

  आवाज संवाददाता

इलाम।परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरूद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य भएको बताएका छन्।

अफगानिस्तान, बङ्गलादेश, चीन, नेपाल, पाकिस्तान र श्रीलङ्काका विदेशमन्त्री सम्मिलित अप्रत्यक्ष सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै उनले कोभिड(१९ ले थलिएको अर्थतन्त्रलाई गति दिन तथा आर्थिक पुनर्उत्थानका निम्ति पनि क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोगको मात्रा वृद्धि आवश्यक भएको बताए।

सम्मेलनका क्रममा चीनको राज्यपरिषद् सदस्य तथा विदेश मन्त्री वाङ यीले कोरोनाविरूद्धको नेपालको राष्ट्रिय लडाइँमा चिनियाँ युआन ५० लाख ९९ करोड १९ लाख रुपैयाँ० बराबरका चिकित्सा उपकरण र सामग्री अतिरिक्त अनुदानस्वरूप उपलब्ध गराउने घोषणा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सम्मेलनमा सहभागी मन्त्रीले कोभिड(१९ को महामारीविरूद्ध लड्न, रोजगारी र जनताको जीवन जोगाउन तथा अर्थतन्त्रलाई पुनर्जीवन दिन व्यावहारिक सहयोगलाई सबल बनाउन सहमति जनाएको पनि मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार