इलाम सदरमुकामका ५ र सूर्योदय नगरपालिकाका एक जना संक्रमित

  आवाज संवाददाता


इलाम।इलाममा मंगलबार छ जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन बिमल बरालका अनुसार इलाम नगरपालिका र सूर्योदय नगरपालिकाका ६ जना संक्रमित पाइएको हो । एन्टिजेन्ट टेष्ट र स्वाब टेष्ट गर्दा इलाम नगरपालिकाका ५ र सूर्योदय नगरपालिकाका एक जनामा संक्रमण देखिएको हो ।

यस अघि इलामा ६ जनामा संक्रमण देखिएको थियो । पछिल्लो समय इलामको १२ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

इलाममा पछिल्लाे समय पीसीआर टेष्ट शुरु गरिएकाे छैन । इलाम अस्पताल र भारतीय नाका पशुपतिनगरमा एन्टिजेन्ट टेष्ट भने भइरहेकाे छ । तर विरामी भएर अस्पताल भर्ना भएका र विदेशबाट आएकाहरुकाे मात्र एन्टिजेन्ट टेष्ट हुने गरेकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार