नाेबेलमा झापा र माेरङका दुई संक्रमितकाे मृत्यू

  आवाज संवाददाता

इलाम । नोबेल मेडिकल कलेज विराटनगरमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार विहान झापा र मोरङ घर भएका दुई जनाको मृत्यु भएको हो ।

अस्पतालका प्रवन्धक नारायण दाहालका अनुसार मोरङको कटहरी गाउँपालिका–२ का ४५ वर्षीय पुरुष र झापाको झापा गाउँपालिका–१० का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मोरङका पुरुषको उपचारका क्रममा बिहान ३ः४५ बजेतिर मृत्यु भएको थियो । उनलाई निमोनियाको पुरानै समस्या थियो । कोरोना पोजेटिभ देखिएपछि उनलाई वैशाख १२ गते अस्पताल भर्ना गरिएको थियो ।

यसैगरी झापाका पुरुषलाई १३ गते अस्पताल भर्ना गरिएको थियो । उनको उपचारका क्रममा बिहान १ बजेतिर मृत्यु भएको दाहालले बताए । उनमा मधुमेहको पुरानै समस्या थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार