चियाले कोरोना भाइरस संक्रमण कम गर्ने दाबी

सन्दर्भ २५ औं राष्ट्रिय चिया दिवस

इलाम।कोभिड – १९ को दोस्रो चरणको महामारीका बेला पेय पदार्थका रुपमा रहेको चियाले कोरोना भाइरस विरुद्ध काम गर्ने नयाँ तथ्य सार्वजनिक भएको छ ।

भारतस्थित टी रिसर्च एशोसिएशनले गरेको अनुसन्धानले चियामा पाइने ‘दिफ्लाभेन’ भन्ने तत्वले कोरोना भाइरसको असरलाई रोक्न सक्ने तथ्य पत्ता लागेपछि चिया प्रति नयाँ आशा जागेको हो ।

‘भारतको जर्नल अफ वायोमल्टिकुलर साइन्स एण्ड डाइनामिक्सले गत मार्चमा प्रकाशन गरेको जर्नलमा कोरोनाको भाइरसलाई कम गराएर त्यस विरुद्धको इम्युनिटी पावर वृद्धि गराउन चियामा पाइने दिफ्लाभेन तत्व पावर फूल रहेको उल्लेख गरिएको छ । यो अध्ययन नेपाली अर्थोडक्स चियाका लागि सुखद रहेको हो ।’ नेपाल चिया तथा कफी विकास वोर्डका कार्यकारी निर्देशक डाक्टर विष्णुप्रसाद भट्टराई भन्छन् ‘कोभिड संक्रमण भएका व्यक्तिमा गरिएको परिक्षणमा चिया सेवनले कोरोना असर कम देखिएको जर्नलमा उल्लेख छ , यो कारण पनि नेपाली चियाको माग राम्रो भएको छ ।’

नेपाल चिया तथा कफी विकास वोर्डका कार्यकारी निर्देशक डाक्टर विष्णुप्रसाद भट्टराई भन्छन् ‘कोभिड संक्रमण भएका व्यक्तिमा गरिएको परिक्षणमा चिया सेवनले कोरोना असर कम देखिएको जर्नलमा उल्लेख छ , यो कारण पनि नेपाली चियाको माग राम्रो भएको छ ।’

यसअघि ग्रीन टीलाई क्यान्सर रोग र कोलस्टेल विरुद्ध औषधीको अध्ययन हुँदै गरेको ‘नेशनस क्यान्सर इन्स्टीच्युड’ले प्रकाशन गरेको डिक्सनरीमा उल्लेख छ । डिक्सनरीका अनुसार दिफ्लाभेन हरियो चियालाई कालो बनाउँदा उत्पन्न हुने एक प्रकारको तत्व हो । कोरोना भाइरस विरुद्ध पनि प्रयोग गर्न सकिने रिपोर्ट सार्वजनिक भएपछि विदेशी बजारबाट नेपाली चियाको माग उच्च रहेको भट्टराईको भनाइ छ ।

यता अर्गानिक चिया उत्पादन गर्दै आउनु भएका सूर्योदय नगरपालिका सुन्दरपानी स्थित गोर्खा टी स्टेटका सञ्चालक उदय चापागाईं अध्ययन अनुसन्धानले जे पत्ता लगाएपनि चिया त्यसैपनि जडिबुटी रहेकाले यो औषधी जन्य वस्तु रहेको बताउँछन् । ‘मैले त दैनिक आफैं ग्रीन टी सेवन गर्ने गरेको छु । हरेक व्यक्तिमा चियाले इम्युनीटि पावर वृद्धि गराउँछ । त्यही कारण पनि ग्रीन टी को माग उच्च छ ।’ चापागाईंले भने ‘यो वर्ष मेरो उद्योगमा १८ हजार किलो चियाको माग विदेशबाट आएको छ, त्यो माग म पु¥याउनै सक्दिन ।’ अर्गानिक उत्पादन त्यसैपनि कम उत्पादन हुने भएकाले माग धान्न गाहे भएको चापागाईंको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार