चट्याङ र करेन्ट लागि दुई जनाको मृत्यु

इलाम।तेह्रथुम आठराइ गाऊपालिका ४ कालिपा का ४६ बर्षीय लोकमान गुरुङको चट्याङमा परी मृत्यु भएको छ ।

बुधवार बेलुका सँवा ६ बजे आफ्नै घरको बरण्डामा बसिरहेको अबस्थामा पानी सगै परेको चट्याङमा परी घाइते भएका गुरुङको उपचारको लागी लाने क्रममा बाटो मै मृत्यु भएको ईलाका प्रहरी कार्यालय आठराईले जनाएको छ ।

सुनसरी इटहरी १२ खनार का २८ बर्षीय साजन सरदारको करेन्ट लागी मृत्यु भएको छ । बुधवार दिनको २ बजे सोही स्थानका नरेन्द्र जोशीको घरमा ग्रिलको काम गर्ने क्रममा करेन्ट लागी घाईते भएका सरदारको बिराट टिचिङ अस्पतालमा उपचारको क्रममा सोही दिनको साढे २ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार