बिब्ल्याँटे किरात चोक सडक कालोपत्रे

  आवाज सम्वाददाता


इलाम । इलाम नगरपालिका वडा नं. ५ को बिब्ल्याँटे–रुलुक सडकको बिब्ल्याँटे बजार किरात चोक खण्डमा कालोपत्रे गरिएको छ ।

इलाम नगरपालिकाले आफ्नै लगानीमा सो सडक कालोपत्रे गरिएको हो । चालु आर्थिक वर्षमा सो सडक कालोपत्रे गर्नका लागि नगरपालिकाले २५ लाख विनियोजन गरेको हो इलाम नगरपालिका वडा नं. ५ का वडाध्यक्ष ठाकूर नारायण श्रेष्ठले बताए । तीन सय मिटर कालोपत्रे गरिएको पनि वडाध्यक्ष श्रेष्ठले बताए ।

कालोपत्रे भएपछि किरात चोकबासी प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । यसरीनै चुम्लुङ्ग हीम सामुदायिक भवन जानका लागि पनि सहज भएको छ ।

साविक नगरपालिकाभन्दा बाहिर नगरपालिकाले कालोपत्रे गरेको पहिलो सडक हो । यो सडक साविक बरबोटे गाविस वडा नं. ३ मा पर्दछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार